२८ दिनपछि खुले बंगलादेशका प्राथमिक विद्यालय

ढाका । बंगलादेशका प्राथमिक विद्यालयहरु खुल्न थालेका छन् । लामो समय चलेको हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा बन्द भएका ती विद्यालय २८ दिन पछि खुलेका छन् ।
बिहानै ढाकामा प्राइमरीका विद्यार्थी विद्यालय जान लागेको देखियो ।
 
विद्यार्थीको कोटा सुधार आन्दोलनलाई लिएर जारी तनावका बीच देशका आठ नगरपालिका क्षेत्रअन्तर्गतका सबै सरकारी प्राथमिक विद्यालय असार १ गते अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको थियो ।

प्राथमिक तथा आम शिक्षा मन्त्रालयले हिजोदेखि प्राथमिक विद्यालयमा शैक्षिक गतिविधि सुचारु गर्न आदेश जारी गरेको हो ।

मन्त्रालय मातहतका सबै सरकारी प्राथमिक विद्यालयहरू, बाल कल्याण कोषद्वारा सञ्चालित प्राथमिक विद्यालयहरू र अनौपचारिक शिक्षा ब्यूरोद्वारा सञ्चालित सिकाइ केन्द्रहरूलाई पूर्ण रूपमा कक्षाकोठा सञ्चालन गर्न आवश्यक कदम चाल्न निर्देशन दिइएको डेलि स्टार दैनिकले लेखेको छ ।

प्रतिक्रिया