बंगलादेश: विद्यार्थी आन्दोलन दवाउने उच्च पदाधिकारीमाथि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाईने

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका क्रममा भएका हत्याको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमार्फत सुनुवाइ गराउन पहल गर्ने भएको छ । 

अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले आज सम्वाददाताहरुसँग कुरा गर्दै विद्यार्थी आन्दोलनका क्रममा भएका हत्याको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमार्फत सुनुवाइ गराउन पहल गर्ने तयारी भैरहेको जानकारी दिएका हुन् ।

उनले आईसीटी अन्वेषकहरुले संयुक्त राष्ट्रसंघको निगरानीमा काम गर्ने सुनिश्चितता गर्न पनि सरकारले प्रयास गरिरहेको बताउँदै हत्यामा संलग्न सबै माथिल्लो पदमा बस्नेहरुले समेत मुद्दाको सामना गर्ने जानकारी दिए ।

आसिफले ढाकामा जुलाई १ देखि अगस्ट ५ सम्म प्रदर्शनकारीहरू विरुद्ध दायर गरिएका सबै "झूटा र उत्पीडन" मुद्दाहरू बिहीबारसम्म फिर्ता लिइने बताए।

प्रतिक्रिया