परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेट

काठमाडौँ। परराष्ट्र मन्त्री डा.आरजु राणा र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार अपराह्न परराष्ट्र मन्त्री राणा र अमेरिकी उप-विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उप-विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आएका हुन्।

भेटमा परराष्ट्र मन्त्री राणा र उपविदेश मन्त्री वर्माबिच नेपाल-अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे।

यस्तै, नेपाल भ्रमणको क्रममा उप-विदेशमन्त्री रिचार्डले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रतिक्रिया