राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

काठमाडौँ। राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ।

आइतबार बसको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन्।

मन्त्री चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्व सभासमक्ष प्रस्तुत गरे। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। अहिले विधेयकमाथि सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ।

प्रतिक्रिया