अमेरिकी राजनीति

ट्रम्प ह्वाईट हाउस फर्किए एलोन मस्क पनि मन्त्री बन्ने

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि ह्वाईहाउस फर्किए भने अमेरिकी धनाड्य एलोन मक्स उनको क्याबिनेटमा सदस्य बन्ने छन् । 

यो घोषणा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ट्रम्प स्वयंले गरेका छन् । उनीमाथि निर्वाचन प्रचारक्रममा भएको सांघातिक आक्रमणपछि मस्कले जनाएको सहानुभूतिपछि उनीहरुबीच अन्तर्वार्ता पनि सावर्जनिक भैसकेको छ । त्यसपछि ट्रम्पले एलोन मस्क मञ्जुर भएभने आफू राष्ट्रपतिका रुपमा ह्वाइट हाउस फर्किएपछि कि त उनलाई सल्लाहका र नभए मन्त्री पदको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

'अमेरिकी व्यापारी एलोन मस्कलाई अमेरिकी प्रशासनको हिस्सा बन्न स्वागत छ' भन्दै ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जित हासिल गरेपछि यो काम पूरा गर्ने वाचा गरेको त्यहाँका सञ्चारमाध्यमहरुले प्रमुखतासाथ प्रचार गरेका छन् ।

रोयटर्ससँगको एक अन्तर्वार्तामा ट्रम्पले यदि आफू ह्वाइट हाउसमा फर्किएमा मस्कलाई अमेरिकी प्रशासन प्रमुखको सल्लाहकार वा मन्त्रिपरिषद्को सदस्यको रूपमा प्रस्ताव गर्न चाहेको बताएका थिए ।

गत जुलाईमा ट्रम्पमाथि हत्याको प्रयासपछि मस्कले चुनावी अभियानमा उनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। रिपब्लिकन उम्मेद्वारले पछि मस्कलाई एक्समा अन्तर्वार्ता दिएका थिए, त्यो अन्तर्वार्ता एक अरब भन्दा बढी पटक हेरिएको छ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा हुनेछ। डेमोक्र्याटिक पार्टीको तर्फबाट जो बाइडेनले प्रतिनिधित्व गर्ने भनिएको थियो, तर ट्रम्पसँगको जुनमा भएको बहसमा उनको असफल प्रदर्शनपछि वर्तमान राष्ट्र प्रमुखलाई लडार्इं छोड्न आह्वान गरिएको थियो। 

प्रतिक्रिया