कलकत्तामा डाक्टरको बलात्कार पछि हत्या घटना सीबीआईले हेर्ने

काठमाडौं । भारतको सर्वोच्च अदालतले कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा स्नातकोत्तर चिकित्सकको बलात्कार र हत्याको मुद्दामा आफैंले संवेदनशिलता लिएर सुनुवाई गरेपछि महिला काममा जान नपाउने र काम गर्ने अवस्था सुरक्षित नभएकाले समानतालाई नमान्ने बताएको छ । 

प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा बसेको इजलासले घटना सम्बोधन गर्दै महिला काममा जान नपाउने र काम गर्ने अवस्था सुरक्षित नभएकाले समानतालाई नमान्ने स्पष्ट पारेको हो ।

आरजी कार मेडिकल कलेज र अस्पताल, कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको घटना र सम्बन्धित मुद्दा शीर्षकको मुद्दा कलकत्ता उच्च अदालतमा पहिले नै रहेको तथ्यलाई ध्यानमा राख्दै अबको कारबाही र घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई हस्तान्तरण गरेको छ।

बलात्कार र हत्या प्रकरणमा चिकित्सकको आन्दोलन आइतबार एक साता पूरा भई दोस्रो हप्तामा प्रवेश गर्दा बिरामीलाई सास्ती भएको छ ।

आन्दोलनरत डाक्टरहरूले सीबीआईसँग दोषीलाई पक्राउ गर्न र अदालतसँग उनीहरूलाई अधिकतम सजायको माग गरेका छन्। ‘भविष्यमा यस्ता घटना नदोहोरियोस्’ भनेर सरकारबाट आश्वासन पनि चाहेका   छन् । सर्वोच्च अदालतको इजलासमा न्यायाधीश जेबी पार्दिवाला र न्यायाधीश मनोज मिश्र पनि छन् । सरकारी अस्पतालको सेमिनार हलमा कनिष्ठ डाक्टरको बलात्कार र हत्याको आरोपमा देशव्यापी विरोध भइरहेको छ ।

अगस्ट ९ मा अस्पतालको छाती विभागको सेमिनार हलभित्र गहिरो चोटको निशानसहितको चिकित्सकको शव भेटिएको थियो। भोलिपल्ट उक्त घटनाको सम्बन्धमा कोलकाता प्रहरीले एक नागरिक स्वयंसेवकलाई पक्राउ गरेको थियो।

अगस्ट १३ मा कलकत्ता उच्च अदालतले कोलकाता पुलिसबाट सीबीआईलाई अनुसन्धान हस्तान्तरण गर्न आदेश दियो, जसले अगस्ट १४ मा आफ्नो अनुसन्धान सुरु गर्यो।

उच्च अदालतले अदालतको निगरानीमा छानबिनको लागि पीडितका आमाबाबुले गरेको निवेदन सहितको याचिकाहरू सुनुवाइ गर्दा सीबीआईलाई अनुसन्धान हस्तान्तरण गर्न आदेश दिएको पीटीआईले जनाएको छ ।

प्रतिक्रिया