काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस खसेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिएका छन् । बस भारतीय यात्री चढेको अनुमान गरिएको सो बस शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो।
बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिएका छन् । बसमा सवार यात्रुको संख्या र अवस्था भने यकिन भैसकेको छैन ।
प्रतिक्रिया