सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपियाँले सुन महँगिएको हो।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपियाँ थियो। चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ। अघिल्लो दिन १८५० रुपियाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ।

प्रतिक्रिया