सन्दीप र ललित बिबीएलको ड्राफ्टमा

काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को  ‘ड्राफ्ट’ मा परेका छन्। 

बिबीएलले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’को सुचीमा नेपालका सन्दीप र ललित अटाएका हुन्। ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन्। जसबाट सेप्टेम्बर १ तारिख खेलाडीको छनोट हुनेछ।

सन्दीपले यसअघि पनि बिबीएल खेलिसकेका छन्। ललित पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका हुन्। बिबिएल डिसेम्बर १५ तारिखबाट सुरु हुनेछ।

प्रतिक्रिया