नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो। 

एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक एक गोल गरे। नेपालका लागि समिर तामाङले एक सान्त्वना गोल फर्काए। खेलभर बङ्गलादेहको दबाब झेलेको नेपाललको घरेलु मैदानमा उपाधि चुम्ने सपना पूरा भएन।

नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो। नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो। च्याम्पियनसिपमा साफमा आवद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया