पारसले गुजराजबाट लिजेन्ड्स लिग खेल्ने

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तनान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्।

गुजरातले पारसलाई बिहीबार अक्सनबाट टोलीका अनुबन्ध गरेको हो। गुजरातले पारस अनुबन्धका लागि १२ लाख पाँच हजार भारतीय रुपियाँ खर्च गरेको हो।

पारसको टोली गुजराजमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमोन्स जस्ता चर्चित खेलाडी अनुबन्ध भएका छन्।

तेस्रो संस्सकरणको लिजेन्ड्स लिग क्रिकेट सेप्टेम्बर २० तारिखबाट सुरु हुनेछ। लिगमा ६ टोलीको सहभागिता रहने छन्।

प्रतिक्रिया