नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

काठमाडाैं। साताको दोस्रो दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ। 

सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ। सोमवार कारोबारमा आएका ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको कारोबारमा साढे १० अर्ब रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।  

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

सोमबार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया