चलचित्र ‘कार्साङ्’को प्रदर्शन मिति घोषणा

काठमाडाैँ। शेर्पा संस्कृतिमा आधारित चलचित्र 'कार्साङ्' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरेका हुन्। 

यम शेर्पाको निर्देशन रहेको यो फिल्म पुस २६ गते रिलिज हुनेछ। 

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङ्लेखु छन्। 

यम शेर्पाको निर्देशनमा बनेको यो चलचित्रको अघिल्लो हप्ता मात्रै छायाङ्कन सकिएको हो। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो। सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ।

चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, शूरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ। त्यस्तै बाल कलाकारमा राशि लिम्बू र सोहन थापाको अभिनय छ। सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने उनि चलचित्रका निर्माता पनि हुन्।

गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन्। 

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् सङ्गीतकार विश्व दोङ सङ्गीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन्।

प्रतिक्रिया