काष्ठमण्डप कहिलेसम्म बन्धक बनाउने?

काठमाडौँ। बि.स २०७२ सालको बिनासकारी भुकम्पले क्षती पुर्याएको हनुमान ढोका परिसरको गद्दी बैठक, नौतले दरबार, काष्ठमण्डप मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिव मन्दिर, उमा महेश्वर मन्दिर पुनर्निर्माण गरि सम्पन्न भएका छन्।

f9c3b4ec-6134-4704-9936-25b394f79113दातृ राष्ट्रहरु सयुक्त राज्य अमेरिका, चीनको सहयोगमा गद्दी बैठक र नौतले दरबार पुनर्निर्माण गरेका हुन भने काष्ठमण्डप मन्दिर बागमती  प्रदेश सरकारले पुनर्निर्माण गरेको हो। काष्ठमण्डप मन्दिरको उद्घाटन भएको निकै समय बितिसक्दा पनि सर्बसाधरण को लागि खुला भएको छैन। 

088a1936-880a-42df-8995-f2e140ae97b8स्थानियले विभिन्न माग राखी बिरोध गरेका छन्। ऐतिहासिक पुरातात्त्विक र सास्कृतिक महत्त्वको धरोहरमा सम्बन्धित निकाय काठमाडौँ महानगरपालिका, पुरातत्त्व बिभाग र अख्तियार मौन किन भनी स्थानीयले प्रश्न गरेका छन्। काष्ठमण्डप पुनर्निर्माणको संयोजक तत्कालीन प्रदेश सांसद राजेश काजी शाक्य थिए। राजेशकाजी शाक्य माथी आर्थिक चल्खेल लगायत विभिन्न आरोप स्थानीयले लगाएका छन्। 
 
250f9644-e65e-4110-8a67-b1887821b7be39162ae7-2182-4f15-bd7c-c1fe35ee860aमरुसत ( काष्ठमण्डप) कहिले सम्म बन्धक बनाउने?, पुरात्त्व, महानगर किन मौन? अख्तियार तत्काल छानबिन गर, पुरातात्त्विक गोरखनाथ तथा गणेशको मुर्ती कहाँ छन?, नयाँ मुर्ति राख्ने अधिकार कस्ले दियो? सम्झौता पुनर्निर्माण कि मुर्ती फेर्ने? जस्ता मागहरु स्थानीयले राखेका छन्। 

त्यस्तै गोरखनाथ टुटेको मुर्ती हुदैन भए पुरातत्वले किन जोड्यो? पुरातात्त्विक आस्थाको हजारौं भगवानको पुजित मुर्ती टुटेको छ अब सबै मुर्ती नयाँ राख्ने? सम्मानित अदालतमा मुर्तिको मात्र मुद्दा तर यहाँ काष्ठमण्डप पुरै भ्रममा बन्धक किन? स्थानीय प्रश्न गर्छन्। सम्बन्धित निकाय र स्थानीयको सयुक्त अनुगमन सहित प्राबिधिक जाँच तत्काल गर। काष्ठमण्डपको आर्थिक पारदर्शिता सार्बजनिक गर। जस्ता मागहरु स्थानीयको रहेका छन्। 

0123bcf5-edcd-4653-b684-ea16ded4b656c9a42066-040c-4e6d-8d65-3a8581540bd4बिश्व सम्पदा सुचीमा रहेको पुरातत्विक महत्त्वको सम्पदामा हजारौंको संख्यामा स्वदेशी तथा बिदेशी पर्यटक घुम्न र हेर्न आउछन्। घुम्न आउने बिदेशी पर्यटकहरुले शुल्क पनि तिर्छन्। शुल्क तिरेर मन्दिरको छानामा पलाएको झार, खाल्डा खुल्डी मन्दिर खुड्किलामा पलाएका लेउको क्यामेरामा कैद गरेर फर्कन्छ। कस्तो छवि बोकेर जान्छन होला। काठमाडौँ महानगरपालिका मातहत रहेको हनुमान ढोका दरबार व्यवस्थापन समितिले त्यस तर्फ फिटिक्कै ध्यान दिएको पाइदैन। सडकमा बिछ्याइएको ढुङ्गा उप्किएर जताततै खाल्डाखुल्डी छ। पैदल यात्री लडेर घाइते भएका छन। काठमाडौँ महानगरले यथेष्ट ध्यान दिन जरुरी देखिन्छ।

प्रतिक्रिया