अमेरिकी विद्यालयमा गोली प्रहार, ४ जनाको मृत्यु

वासिङ्टन डिसी। अमेरिकाको जर्जियाको अपलाची हाईस्कुलमा गोली चलेको छ। आक्रमणमा ४ जनाको मृत्यु भएको छ। सोही क्रममा ९ जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटना नेपाली समय अनुसार बुधबार राति ८ बजेको हो।

हत्यामा संलग्न १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। राजधानी एटलान्टाबाट ७० किलोमिटर टाढा विन्डर सहरको एउटा विद्यालयमा घटना भएको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेपछि आक्रमणकारीले आत्मसमर्पण गरी भुइँमा लडेका थिए। सीएनएनका अनुसार यस घटनामा मारिनेमा २ शिक्षक र २ विद्यार्थी रहेका छन्।

प्रतिक्रिया