माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

माले (माल्दिभ्स)। पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तब्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठूलो चाड तीजको उपलक्ष्यमा भब्य कार्यक्रमको आयोजना भयो। 

9e9e8c6d-e1e1-4c2a-8fd9-d3e2f8bb7b7ef94d2b5e-9617-4bc5-82e5-35899f7c0068नेपालका उदाउँदा लोकप्रिय गायक विन्दु परियार, कमल बिसी ‘माइल्दाई’ लगायत अन्य कलाकारको उपस्थिति रहेको सांगीतिक कार्यक्रममा नेपाली गीतको आनन्द उठाउन पाउँदा सबै दंग देखिन्थे। 

7d736f10-ef18-499d-b28b-468a0e43c0b36e0569a7-343c-42a9-9335-6aedf7055590कार्यक्रम राजधानी अहमदिया अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना भएको थियो। माल्दिभ्समा तीजको उपलक्ष्यमा यति ठूलो कार्यक्रम भएको यो पहिलो पल्ट हो। विदेशमा नेपाली दिदीबहिनीका लागि कार्यक्रम गर्न पाउँदा खुसी लागेको कलाकार कमल बिसीले बताए। 

dfc8ae1f-99ac-4cd8-95f3-c801604b23ec“चाँड पर्वमा हामीलाई घरको याद आउने गर्छ। आयोजकहरूले विदेशमै रहेका चेलीहरूका लागि यति ठूलो कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि धन्यवाद छ,” अर्की गायिका विन्दु परियारले भनिन्। ‘पर्ख पर्ख मायालु’ बोलको गीत उनले गाउँदा हल गञ्जिएको थियो।

2bf2f82d-1bee-441a-9eb3-1cfc145f92cfb6eb464d-a903-423d-bf1f-df4ddb638850आयोजक बाँके–बर्दिया राइजिङ स्टारका सन्तोष मगरले कार्यक्रमलाई सफल बनाउन नेपाली चेलीहरूले गरेको प्रयासप्रति खुसी ब्यक्त गरे। उनले कार्यक्रमको सफलताले भविस्यमा पनि नेपाली कलाकार माल्दिभ्स भित्र्याउन प्रेरणा मिलेको बताए। 

ec622ccb-b9e5-44ce-a44b-7703b8e4ff57883fc487-dca6-4685-9572-395f8b26dffbतीजको यस विशेष कार्यक्रमका लागि माल्दिभ्स सरकारले स्विकृति प्रदान गरेको थियो। माल्दिभ्समा हाल ८० हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आइरहेका छन्।

प्रतिक्रिया