तेलंगानामा बाढीका कारण २९ जनाको मृत्यु

नयाँदिल्ली। तेलंगानामा भारी वर्षाका कारण २९ जिल्लामा बाढी आएको छ। ३१ अगस्ट देखि परेको अविरल वर्षाका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ। यससँगै राज्यमा बाढीका कारण ५ हजार ४३८ करोड रुपैयाँको नोक्सानी भएको छ।

यस मनसुन सिजनमा, राजस्थानमा जुन १ देखि सेप्टेम्बर ७ सम्म कुल ६२६.७ मिमी वर्षा भएको छ, जुन सामान्य वर्षा (३९८.५ मिमी) भन्दा ५७ प्रतिशत बढी हो। शनिबारको भारी वर्षाका कारण अजमेर र जयपुरका धेरै सडकहरु डुबानमा परेका छन्।

जयपुरमा मानिसहरूलाई ३० किलोमिटरको यात्रा गर्न ६ घण्टाभन्दा बढी समय लागेको थियो। अजमेरको पुष्कर तालको पानीको सतह पनि बढेको छ। तालका ५२ घाट पानीमा डुबेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार (सेप्टेम्बर ८) मध्य प्रदेशसहित १८ राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ।

प्रतिक्रिया