रहेनन् पत्रकार नरेन्द्र उपाध्याय

काठमाडौं । पत्रकार एनपी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को अमेरिकाको क्यालीफोर्नियामा आज बिहान निधन भएको छ ।

टेलिग्राफ अंग्रेजी साप्ताहिकका संस्थापक सम्पादक उपाध्याय केही समयदेखि अमेरिका प्रवासमा थिए ।

पत्रकार उपाध्याय सन् १९४० मा सप्तरी जिल्लाको बैरवामा जन्मिएका हुन् । बिराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौं आएका थिए। उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। उनले पछि आफ्नै सम्पादनमा काठमडौं बस्न थालेपछि टेलिग्राफ साप्ताहिकको प्रकाशन प्रारम्भ गरे। अङ्ग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिएका थिए।

पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारको रूपमा बिताए। विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै आएका उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे। उनका लेखहरू मुख्यत भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबीचको भूराजनीतिक तनावबारे केन्द्रित थिए। यसैगरी उपाध्यायले  कम्प्लेक्सिटिज अफ साउथ एसिएन पोलिटिकल अर्डर शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन्। 

 

प्रतिक्रिया