नकारात्मक प्रतिक्रियालाई खासै ध्यान दिन्नँ: अनन्या पाण्डे

नयाँदिल्ली। अनन्या पाण्डे अहिले आफ्नो वेब सिरिज ‘कल मी बे’ को कारण चर्चामा छिन्। हालै एक अन्तर्वार्तामा अनन्याले आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलेर कुरा गरेकी छिन्। सेलिब्रेटीका रूपमा आफूले हरेक पाइलामा जजमेंट्सको सामना गर्नुपर्ने उनले बताईन्।

इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा अनन्याले भनिन्, ‘सबैको फरक दृष्टिकोण हुन्छ, मानिसहरु विभिन्न खाल्को कुरा गर्छन्। तर, समयसँगै मैले धेरै कुरा सिकेको छु र परिवर्तन गरेको छु। अब म यी नकारात्मक प्रतिक्रियाहरुलाई खास ध्यान दिदिन्। जतिसुकै राम्रो गरेपनि नकरात्मकता पाउँछु। त्यसैले मैले आफ्नो काममा मात्रै ध्यान दिने निर्णय गरेको छु। जनताले जे चाहन्छन्, जे भनिरहेका छन्, मलाई त्यसको कुनै असर पर्दैन।’

अनन्याले फिल्म उद्योगमा बढ्दो सौन्दर्य मापदण्डबारे पनि आफ्नो धारणा राखिन्। उनले भने, ‘सुन्दर देखिनु भनेको सुन्दरता मात्र होइन। तपाई भित्रबाट कस्तो व्यक्ति हुनुहुन्छ र तपाईले अरूमा कस्तो छाप छोड्नुहुन्छ भन्ने कुरा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ।’

‘कल मी बे’ अनन्याको पहिलो वेब सिरिज हो, जुन धर्माटिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो। यस सिरिजमा उनीसँगै विहान सामत, वीर दास, वरुण सुद, लिसा मिश्रा र निहारिका लिरा पनि देखिएका छन्।

प्रतिक्रिया