बालेनको ग्रह ‘राजा विक्रमादित्यको जस्तै’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह नेपालको ठूलो शासक बन्ने सम्भावना रहेको एकजना ज्योतिषीले दावी गरेका छन् । प्रमुख साहको जन्म मिति, जन्म समय र जन्म स्थान गणना गरेर हेर्दा यस्तो देखिएको उनको भनाई छ ।

ज्योतिषी उदय निरौलाले प्रमुख साहको जन्म लग्न तुलाको गणना गर्दा यो लग्न बर्गोत्तम बनेर बलवान् बनेको बताएका छन् । 

उनको भनाई यस्तो छ– शनि चतुर्थभावमा बर्गोत्तम बनेर केन्द्र त्रिकोण योग, बिष्णु लक्ष्मी योग मंगल पञ्चमभावमा केन्द्र त्रिकोण योग बनाउँदै लग्नेसका साथमा उपस्थित छन् भने नवांशमा उच्च बनेर चतुरगृहि योग बनाएकोले उनको हिम्मत विश्वका राम्रा हिम्मतिला शासक राजा विक्रमादित्य, शालिबाहन वा नेपोलियन बोनापार्टसँग मिल्दोजुल्दो छ । 

चन्द्रमा उच्चस्थ तथा सूर्य उच्चस्थ छन् भने शनि स्वगृही छन् जो ठूलो राजयोग हो । हाल विंशोत्तरीय महादशा शनिका घरमा केन्द्रमा विराजमान राहुको र अन्तरदशा लग्नेश शुक्रको रहेकोले उनी संघर्षका साथ नेपालमा धेरै लामो समय कार्यकारी बनेर धेरै काम गर्नसक्ने र नवांशमा शनि चतुर्थभावमा जनहाउसमा बिराजमान बनेर साथमा उच्चमंगल, गुरु, चन्द्रसमेत रहनाले न्यायिकलग्रह शनिका साथमा रहनाले जनप्रेमी र जनताले प्रेम गर्ने योग परेको देखिन्छ । सूर्य ग्रहहरूका राजा दसमस्थ भएर यी चारग्रह(शं+गु+चं+म–सू)ञ्२छन् । अतः यो एस्ट्रोनटको हिसाबले टेक्निकल ग्रहको योग हो । तसर्थ नेपालमा राम्रो शासक बनेर काम गर्ने उनको समय सुरु भएको छ । अपेक्षा राखौं नेपालले राम्रो शासक पाउने छ ।
 

प्रतिक्रिया