‘वर्तमान संविधान जान पनि सक्छ’

काठमाडौं । यसअघिका भविष्यवाणी मिलाउँदै आएका ज्योतिषी उदय निरौलाले नेपालमा निकट दिनहरुमा ठूलै राजनीतिक हलचल आउने र त्यसले वर्तमान संविधान नै विस्थापित हुने दावी गरेका छन् । 

साहित्यमा समेत दख्खल राख्ने निरौलाले नेपालको राजनीतिक प्रणालीको भविष्य लामो नरहेकाले संवैधानिक राजसंस्था पुनस्थापनाको बलियो सम्भावना देखिएको विश्लेषण पनि गरेका छन् । 

निरौलाको विश्लेषण जस्ताको तस्तै–

प्रशिद्ध गणितज्ञ विद्वान् एस्ट्रोनट तथा सूचांङ्क विशेषज्ञ रघुनाथ ढुंगेलले बनाएको सफ्टवेयरका आधारमा मैले  भविष्य कथन गर्ने गरेको छु । यसोगर्दा अहिलेसम्म यही गणितका आधारमा र यसअघि आफ्नै गणनाका आधारमा विश्लेषणहरु गर्दै आएको हुँ । म गर्वसाथ भन्नसक्छु कि नेपालमा धेरै मानिसको र संहिताको  भविष्य कथन सयमा सय प्रतिशत मानिसको र नब्बे प्रतिशत जगतको मिलाएको छु ।

म एक नेपाली स्थापित कवि साहित्यकार र साहित्यिक पत्रकार पनि हुँ । साथै एक ज्योतिषी पनि हुँ । साहित्यकार ज्योतिषी पनि हुनसक्छ, राजनेता पनि हुन सक्छ, किसान पनि हुन सक्छ र एक मुख्य सचिव वा प्राध्यापक पनि हुन सक्छ । तर बिडम्वना के भने यहाँ ज्योतिषी भने पछि हियाउने गलत चलन  मात्र छ । अमेरिका जस्तो देशमा ज्योतिषीलाई वैज्ञानिक मानिन्छ । नत्र गुगलमा सर्च गरेर हेर्न सक्नुहुनेछ ।

अब यहाँ प्रस्तुत गरिएको कुण्डली कालचक्रलाई विश्लेषण गरौं ।

कुण्डली काल पुरुषको अनुसार लग्न १ हुनेछ । ब्यक्ति विशेष १ देखि १२ अंकको कुनै लग्न पनि हुनसक्छ । मैले उक्त दिन भक्तपुरको अक्षांश र देशान्तरको आधारमा रातको ठिक १२ बजेको समयको लिएको छु । प्रश्न कुण्डली तपाईं जुन समयको पनि लिएर विश्लेषण गर्न सक्नुहुनेछ ।

प्रश्न लग्न ८ राशी उदाएर २१ डिग्री २० मिनेट ३८ सेकेन्ड अलिकति बढीको छ । दैवसंयोग नेपाल राज्यको पनि ८ लग्नकै हुन्छ ।

संयोग मेरो मनमा जिज्ञासा उत्पन्न भएको बखत ८ राशी उदाएको रहेछ जो बिपत्तिसूचक अंक हो भने कालचक्रको अंक सष्ठभावमा पुग्नु र श्वामी मंगल अष्टमभावमा जानुले नेपाल त छँदैछ, समस्त ब्रम्हाण्डमा नै आपत्विपत् देखा पर्न सक्ने संभावना लग्नले देखाएको छ । नाडी ज्योतिषमा हावा र अग्नी द्योतक ग्रहलाई नवम पंचम भएको राम्रो मानिन्न । मंगल माथि कुनै ग्रह पनि न त  स्क्वायरमा छन् नत भर्टिकल न त समकोणी नै छन् । मंगलसँग न त कुनै ग्रह समकोणी छन् । मंगल सुरक्षा, आगो, युद्ध, भूमि, ब्यवहार, विवाह, बारुद, नायक, खलनायक, चोर, डाका, पुलिस, प्रशासन, सेना, सेनापति, घरमूली, रुखबिरुवा, हिंस्रक जनावर, कम्पाउण्ड, सीमा, युद्ध, झगडा, हिंसा, भीड, अराजकता समेतको प्रतिनिधित्व गर्छन्, जो पीडित छन् । तसर्थ यी सबै बस्तु विशेषका घटना दुर्घटना यत्रतत्र देखिन्छन् । नेपालको वर्तमान संविधान  मूल कानुन जानेछ र अर्कै आउनेछ ।

अब लाग्ने ग्रहणको कुरा विश्लेषण गर्नुपर्दा काल पुरुषको बार भावमा पूर्वभाद्रा नक्षत्रमा ग्रहण परेका छन् । जसका स्वामी गुरु हुन् र उत्तरभाद्रा नक्षत्रमा राहु छन् । ग्रहण लगाउने  तसर्थ ग्रहण आंशिक मात्र लाग्ने भयो । स्मरण रहोस् यस्तो ग्रहण २०६३ सालको भाद्रशुक्ल पूर्णिमामा लागेको थियोे र ग्रहण लाग्नु छ महिना अघि जनआन्दोलन एबं छ महिना भित्र नेपालको ऐतिहासिक राजतन्त्र गएको थियोे । 

अब  पनि यो संविधान जान आन्दोलन हुनेछ र कालपुरुषको भावबाट बार भावमा लाग्ने यो ग्रहणको परिणाम हालको संविधान बदलिने छ र प्रत्यक्ष कार्यकारी चुनिने संविधान आउनेछ । पुनः राज्य विभाजन हुनबाट बच्ने छ, भन्नाले संघीयता खारेज हुनेछ र पुरानै १४ अंचल ७५ जिल्ला कायम रहनेछन् । जनताको सार्वभौमसत्ता तब पुनः जनतामा जानेछ । आलंकारिक राजसंस्था अथवा अरुकुनै एक संस्था राष्ट्र सुरक्षाको लागि खडाहुुनेछ । अरु कुराहरू जनमुखी बनेर केही परिमार्जन हुनेछ ।

विश्वमा के होला 

अब विश्वमा के हुन्छ, त्यो पनि हेरौं । शनि न्यायाधीश बुधसँग स्क्वायरमा रहनाले र ग्रहण नपर्नाले विश्व दुई ध्रुवमा विभाजित   हुनेछ । संयुक्त राष्ट्र संघ संभवत खारेज हुनेछ वा यसको महत्व सीमित हुनेछ । राष्ट्र संघ जस्तै अर्को संस्था चीन, रुस, इरान, भारत लगायतका मुलुकहरूले स्थापना गरेर अमेरिकालाई टक्कर दिनेछन् । डलर अथवा विश्व अर्थ ब्यवस्थामा चीनको युआन, रुबल, खाडीको दिनार अनि भारुको मूल्य डलर सरह बनाइनेछ । स्मरण रहोस्, चीनले अत्यधिक मात्रामा सुन जम्मा गरेको परिणाम देखापर्नेछ र अमेरिकी अधिनायकत्व बिश्वमा समाप्त हुनेछ । अमेरिका आन्तरिक मामलामा अल्झन बाध्य बन्नेछ । अमेरिकामा हुन गईरहेको चुनावमा कमला हेरिसले बाजी मारेर अमेरिकाको महिला  प्रथम राष्ट्रपति बन्नेछिन् । अमेरिका युद्धमा हार खानेछ र खाडीमा उसको बर्चस्व समाप्त हुुनेछ । अमेरिका नेपालमा  सीमित हुनेछ, यसको अर्थ नेपाल बडो अफ्ट्यारो स्थितिमा रहनेछ भूराजनीतिक सामञ्जस्य कायम गर्नमा दुवैतिर अमेरिकाका विरोधी राष्ट्रबाट नेपाल घेरिनेछ यो नेपालका लागि बिपत्तिको अवस्था हुनेछ ।

नरसंहार ‘मास डेथ’ संसारमा बढ्नेछ । आगलागी र गर्मी बढ्नेछ । हिमाल पग्लनेछ र समुद्रीतटका कतिपय राष्ट्र बिलाउनेछन् । युद्धबाट कतिपय राष्ट्रको  अस्तित्व मेटिनेछ । उल्का पिण्डको भय देखा पर्नेछ । न्युक्लियर वारको संभावना बढ्नेछ, अमेरिकाको निर्वाचन हुने पौष वा माघ महिनामा । समग्रमा ग्रहण र संहिता ज्योतिषले धेरै भूकम्प, सुनामी दैवीप्रकोप लगायत अनेक बिपत्ति संसारमा देखा पर्नेछन् । मान्छे हिंस्रक बन्नेछ ।
 

प्रतिक्रिया