भारतकी अनुश्रीले चितवनबाट खेल्ने

काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। 

चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो। केपी अनुश्री भारतकी युवा स्टार खेलाडी हुन्। उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा अनुबन्ध गरेको हो। 

यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटबलको एभ्रेष्ट क्लबमा आवद्ध भई खेलेकि थिइन्। उनले क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकि थिईन्। 

यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ। चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।

प्रतिक्रिया