धर्मान्तरण विरुध्द विश्व हिन्दु महासंघको प्रदर्शन

काठमाडौं । विश्व हिन्दू महासंघले संविधान विपरित धर्मान्तरण गर्ने कार्य बढिरहेकोमा चिन्ता जनाउँदै आज त्यस विरुध्द प्रदर्शन TSगरेको छ ।

८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको बताउँदै आएको महासंघले माईतिघर मण्डलामा प्रदर्शन गरेको हो।

#rdविरोध प्रदर्शन माईतिघर मण्डलाबाट नयाँवानेश्वरसम्म पुगेको थियो ।

BMTसनातन हिन्दू धर्मको रक्षार्थ संगठित र क्रियाशील ॐकार परिवारका संघसंस्थाहरुले प्रदर्शनमा भाग लिएका थिए ।

PPवर्तमान संविधान जारी भएदेखि नै महासंघले धर्मनिरपेक्ष भन्दै संविधानको चर्को विरोध गर्दै आएको थियो । हालै दुइ ठूला पार्टी मिलेर सरकार गठन गर्दा संविधान संशोधनको बिषय अगाडि सारिएकाले विगतका त्रुटीहरु सच्याउन महासंघ सुझाव र सल्लाह

TS 1

दिन तयार रहेको पनि बताइएको थियो ।

प्रदर्शनमा विश्व हिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पशुपति शमशेर राणा, बुध्दिमान तामांग, सगुन सुन्दर लावती, सांसद धवल शमशेर राणा, वरिष्ठ समाजसेवी टंक बहादुर श्रेष्ठ लगायतको बाक्लो सहभागिता रहेको थियो ।

ralley

प्रतिक्रिया