इन्द्रजात्रा प्रारम्भ

हनुमान ढोकामा ठडियो लिङ्गो (तस्विरहरु)

 -सुरेन डंगोल

काठमाडौँ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनबाट मनाईने इन्द्रजात्रा ( येँया पुन्हि) हनुमानढोका, काल भैरव अगाडी काभ्रेको नालाबाट ल्याईएको ३८ हाते लिङ्गो तान्त्रिक विधि अनुसार पूजा गरि शुभारम्भ भएको छ।

इन्द्रको आमा वसुन्धराले व्रत गरि पुजाको लागि पृथ्वीमा मात्र पाइने पारिजातको फूल टिपी ल्याउन इन्द्रलाई भनिन्। पृथ्वी आई फूल टिप्न लागेको वेला तान्त्रिकले देखे र राजालाई खबर गरे। राजाले टोल परिक्रमा गराउन आदेश दिए। फूल लिन गएको छोरा नफर्किए पछि वसुन्धराले इन्द्रको हात्तीलाई खोज्न पठाईन्। हात्ती पनि भिडमा हरायो। हात्ती पनि नफर्किएपछि वसुन्धरा स्वयं पृथ्वीमा आईन् र नगरवासीलाई रोगव्याधिबाट मुक्त हुने र अन्नवाली राम्रो हुने आशिर्वाद दिएर इन्द्रलाई वन्धन मुक्त गरेर लगिन भन्ने विश्वास छ।

वसुन्धराको आशिर्वाद पश्चात उपत्यकामा उत्पादनमा वृद्धि भएको विश्वास छ। इन्द्रको प्रतिमाले विर्य, ओज, सहकालका देवतालाई बुझाउँछ। लिङ्गो ठड्याए पछि आठ दिनसम्म गणेश, कुमारी र भैरवको रथ यात्रा गरिन्छ। 

IMG-20240915-WA0007 (1)

25

IMG-20240915-WA0001

IMG-20240915-WA0005

IMG-20240915-WA0003

 

प्रतिक्रिया