काठमाडौं । नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलले वीर अस्पतालमा उपचार गराईरहेका वरिष्ठ पत्रकार युवराज गौतमको सुस्वास्थ्यको कामना गर्दै उपचार पछि नियमित कार्यमा फर्कन शुभकामना दिएका छन् ।
मृगौला र फोक्सोमा समस्या देखिएपछि झापाको बिर्तामोडमा प्रारम्भिक उपचार गरेर काठमाडौंको वीर अस्पतालमा भर्ना भएका गौतमको उपचार भैरहेको छ । प्रधान सेनापति सिग्देलले पत्रकार गौतमको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दुइदिन अघि पत्र नै पठाएका थिए ।
योगी सन्यासी, कानून व्यवसायी, पत्रकार, अधिकारकर्मी र राजनीतिक नेता सहित शुभचिन्तकहरु नियमित रुपमा पत्रकार गौतमलाई भेट्न वीर अस्पताल पुग्ने गरेका छन् ।
पत्रकारहरुलाई स्वास्थ्य उपचार लगायत आईपर्ने आकस्मिक परिस्थितिमा सहयता गर्न स्थापना भएका पत्रकार कल्याण कोष सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल जस्ता संस्थाले भने आर्थिक संकटमा रहेका पत्रकार गौतमलाई कुनै सहयता नगरेको पारिवारीक सूत्रले जानकारी दिएको छ ।
प्रतिक्रिया