‘म बालेनको जन्मकुण्डली हेर्दैछु’

-उदय निरौला 

नेपालको प्रधानमन्त्री बनेका नेताहरूमध्ये मैले लोकेन्द्रबहादुर चन्द, स्वर्गीय सूर्यबहादुर थापा, स्वर्गीय गिरिजाप्रसाद कोइराला र शेर बहादुर देउवाको कुण्डली उहाँहरू सँगै बसेर प्रत्यक्ष हेरेको थिएँ। कसैले अनौपचारिक तरिकाले दिएको पुष्पकमल दाहाल 'प्रचण्ड'को कुण्डली पनि हेरेको थिएँ।

यी नेताहरुको कुण्डलीहरूको संक्षिप्त विवेचनाका आधारमा म काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पनि कुण्डली हेर्दैछु।

सर्वश्री लोकेन्द्रबहादुर चन्दको जन्मकुण्डलीमा निम्न राजयोगहरू विद्यमान छन् । उहाँको जन्म लग्न तुला हो र लग्नमा भएको र लग्नमा राहु ००/३४/३४ को छ भने तुला लग्न ९/११/१८ को छ। राहु सदैव बक्रि हिँड्ने हुँदा वृद्धाअवस्थामा छन् लग्नबल ७ छ र राहुको पनि षोडसवर्गमा ७ बल छ। तसर्थ लग्न पनि र राहु पनि बलवान् छन्। द्वितीयभामा ८ अंक भएको कारण उहाँलाई जीवनमा सदैव रुपैयाँको कमि महशुस अनि कुटुम्बको शोक भयो नै। तेस्रो घरको मालिक गुरु भए र षष्ठभावमा आफ्नो घरमा नै स्वगृही भएर लग्नेश षष्ठस्थ उच्च हुनाले शत्रु कमै लाग्ने देखिन्छ। यसले विपरित राजयोग सरलयोग र एकैसाथ लग्नाधि योग बनाएको कारण पहिलोपटक प्रधानमन्त्री र लगातार अरु दुई पटक प्रधानमन्त्री हुँदा विंशोत्तरीय गुरूको महादशा नै थियो। 

लग्नाधि योग र विपरीत राजयोग भएको कारण अचानक अचानक उहाँ प्रधानमन्त्री अफ्ठेरो घढीमा हुनुभएको सर्व विदित नै छ। चौथो पटक प्रधानमन्त्री बनेका बखत शनिको महादशा दुई महिना मात्र बितेको थियो। शनि षोडष बर्गमा गोपुरँशमा भएको कारण र काल पुरुषको कुण्डलीमा उच्च बलको बन्नु अनि नवमांश लगायत १६बर्गसम्म वर्गोत्तम बन्नाले शनिको महादशामा पनि एक पटक अन्तिम पटक नेपाल अफ्ठेरोमोडमा हुँदा प्रधानमन्त्री बन्नुभएको थियो।

उहाँको कुण्लीमा देखिने राजयोगहरू
 
१. मंगल उच्च केन्द्रमा भएको कारण पंचमहापुरुष योग मध्ये रूचक योग ।
२.सरल विपरीत राजयोग            
३.चन्द्र मंगल महालक्ष्मी योग
४.बुध आदित्य योग
५.हर्ष बिपरित राजयोग
६.लग्नाधी योग राजयोग
७.अनफायोग राजयोग
८.सीयोग
९.शकट योग संघर्ष
१०.धनयोग
११.शुक्र गुरुकको युति स्ग्रिहि गुरु र स्वग्रहि शुक्र एकसाथ बसेका कारण उहाँ नेपाली साहित्यकारमा पनि स्थापित हुनुहुन्छ

यस्तो छ देउवाको जन्मकुण्डली

उहाँको कुण्डलीमा ग्रहका राजामध्येका सूर्य स्वगृह बनेर सूर्य लग्नमा छन् र साथमा राज्येश शुक्र छन्। यो भनेको उच्च कोटीको राजयोग हो। फेरि द्वितीय भावका मालिक बुध उच्च छन् भने ब्ययभावमा गुरु पनि उच्चका बनेर केतुका साथमा बसेका कारण गुरु भयानक शक्तिशाली भए अनि एकसाथ लग्न शुभकर्तरीयोग राजयोगमा धेरै प्रवल बन्न पुग्यो। षष्ठेश शनि एकादश भावमा बसेकाले विपरित सरल नामक राजयोग निर्माण गरेर अर्कातिर एकादश भावमा नैशर्गिक पापी ग्रह अनि तात्कालिक पनि पाप ग्रह बस्नाले रूपैयाँको सायद अड्चालीस वर्षको उमेरमा आएर निम्नबर्ग यद्यपि कुलीन परिवारमा जन्म भएर पनि अहिलेका अवस्थामा सूर्यबहादुर र गिरिजाप्रसाद कोइरालापछिका धनाढ्य प्रधानमन्त्री सायद देउवा हुनुपर्छ।

उहाँको कुण्डलीको खराब ग्रह मनका मालिक चन्द्रमा ब्ययेश बनेर षष्ठस्थ राहुका साथमा हुनाले ग्रहण योग बनायो जो उहाँको मन नियन्त्रण अलि हुँदैन र महिलाहरू दुश्मन भएर निस्कन सक्ने संभावना रहन्छ तथापि पनि चन्द्रमाले हर्ष नामक राजयोग समेत निर्माण गरेकाले बिपरित राजयोगसमेत बनाएकाले अफ्ठेरो परिस्थितिमा पनि प्रधानमन्त्री पद दिन्छ, जो स्मरणीय नै छ।

अर्को राम्रो राजयोग भनेको प्रवल दसमस्थ मंगल हुन् जसले शुक्रकासाथमा विनिमय नामक राजयोग लग्न र दशममा बन्नु भनेको निम्नकुलमा परिवारमा जन्मेको मान्छे पनि यस्तो योगले उच्च पदस्थ हुन पुग्छ र बुध उच्च, गुरु उच्च भाग्येश हुनाले भाग्यमानी बनायो सूर्य आफ्नो घरमा लग्नमै राज्यको कारक ग्रह हुनाले धेरै पटक प्रधानमन्त्री पनि र आफ्नो पार्टी समेतको सभापति बनायो।

सूर्य बहादुरको यस्तो थियो

थापाको जन्म मिथुन लग्नको  सेकेन्डको हो। द्विस्वभाव राशीको बायुकारक राशी एवं पंचम नवँश राजयोग कारक पुष्करांशको जन्म भएको कारण राज्य प्रधानता लग्न तथा नवम भावमा एकसाथ  तीन नैशर्गिक शुभग्रहहरू शुक्र चन्द्रमा र बुध क्रमशः लग्नेश चतुर्थेश, धनेश, पंचमेश तथा ब्ययेश शुक्रको उपस्थितिले महाभाग्य योग तथा बसुमति, अमला तथा बिष्णु लक्ष्मी योग राजयोग उत्पन्न धर्म भावमा उत्पन्न हुनाले पिता पूर्खादेखि नै खानदानी हुँदै आएको परिवार जीवनमा सायद दुख कहिल्यै गर्नु नपर्ने योग पर्न गएको देखिन्छ। राज्यभावमा दिग्बली सूर्य र स्वगृही गुरु बस्नाले राज्यको प्राप्तिकालागि संघर्ष नै गर्नु नपर्ने भयो। फेरि षष्ठेष मंगल र अष्टमेश शनिले घर परिवर्तन गरेर विनिमय राजयोग तथा विपरीत नामक राजयोगमा सरल र बिमल राजयोग बनाएका कारण महाराजहरूले पत्याउने त छँदैछ जनता भावमा पनि सूर्य र गुरूको स्क्वायर योगका कारण निर्वाचन हारको सामना नै उति धेरै गर्नु नपर्ने देखिएकै छ।

पञ्चमहापुरुष राजयोगमा दशमभावेश गुरूले हंश योग बनाएको छ, तसर्थ ऐतिहासिक कीर्तिराख्ने योग भयो नै। राहुकासाथमा शनि षष्ठस्थ रहनु एवं केतु बाह्रौं भावमा बस्नाले तथाकथित कालशर्पयोग जो शास्त्रमा छैनले त्यो योग पनि उत्पन्न गरेको छ यस्तो मानिस अति नै धूर्तबुध्दिको नैसर्गिक रुपमा नै मानिसको क्यापासिटि आँकलन गर्न सक्ने हुन्छ। कम बोल्ने र अरुको कुरा धुत्न सक्ने भएको कारण मनका योजना अरु कसैलाई नवताउने नै हुन्छ। उहाँको स्वभाव पनि त्यस्तै थियो। जो नेपालको पाँच पटक प्रधानमन्त्री बन्नुभएको थियो।

यस्तो थियो गिरिजाप्रसादको

कोइरालाको कुण्डली पनि सिँह लग्नको राहु लग्नमा नै बसेका कारण एवं शेरबहादुर देउवाको पनि सिँह लग्न नै भएको कारण एकै जंगलमा दुई सिँहका भाले मेजरहरू रहन नसक्ने भएको कारण दुईजनाको सत्तोपुत्लोको हक र स्वार्थले मिल्न सकेको अवस्था पनि देखिएन। नेपाली राजनीतिक क्षेत्रमा लामो समय करिब सत्सट्ठी बर्ष संघर्षरत कोइराला त्यही उमेरमा नेपालको बहुदलिय ब्यवस्थाको निर्वाचित प्रधानमन्त्री हुनुभएको थियो।

मंगल सप्तम भावमा मिथुनको केतुकासाथ बस्नाले पत्नी सुख भएन एवं मंगल हाहतियार र सुरक्षाको कारक ग्रह भएकोले नेपालको तत्कालीन सेनासँग लड्ने विरोधीदस्ताको कमान्डर इनचिफ पनि उहाँ नै हुनुभएको थियो भनेर पढिन्छ। अब राजयोगमा जाँदा सूर्यको घरको राहु लग्नमा बस्नाले हठी बनायो। मंगल र राहुको स्क्वायर योगले लडाकु र जुझारु बनायो। सुखेश भावमा पञ्चमेष गुरु बस्नाले बिष्णुलक्ष्मी योग भएको कारण विरोधी बनेर रहँदा पनि रुपैयाँको सायद उति महशुस भएन होला। राज्यमा गुरुको स्क्वायर योग बनेकाकारण राज्य प्राप्ति लडेर पनि गरायो। नाडी ज्योतिष अनुसार एकादश भावलाई इच्छाशक्ति योग र पूर्तियोग भनिन्छ। त्यो भावमा सात ग्रह बस्नु यस्तो योग करोडौंमा एकको हुन्छ। सोचेका सबै कुरा सायद उहाँले भोग्नु भयो। उहाँ भोगबादी पनि हुनुहुन्थ्यो भन्ने यो कारण देखिन्छ। शनि वैदिक ज्योतिष मुताविक तेस्रो तुलाको उच्च छ, उपचय स्थानमा उच्चको शनि बस्नाले उहाँ क्रान्तिकारक, उद्योगको अधिपति र पराक्रमी भएको देखिन्छ। लामो समय बिराटनगरको जुटमिलको अधिपती नै हुनुभयो उहाँ।

मिथुनको सूर्य लग्नेश बनेर राज्यमा बस्नाको कारणले उहाँ पाँच पटकपटक प्रधानमन्त्री र लामो समय सत्तामा रहँदा प्रधानमन्त्री मध्ये सबैभन्दा बढी धन पनि आर्जन गर्नुभयो। धेरै लामो समय उहाँ आफ्नो पार्टीको सभापति पनि बन्नुभयो र आफ्नो खर्चले नै पार्टी चलाउनु भयो भन्न सकिन्छ, कमाएर पार्टीतिर सबै धन लगानी गरेको देखिन्छ।

यस्तो छ बालेनको कुण्डली

महानगर प्रमुख बालेन साहको कुण्डली पनि तुलालग्नको रहेछ। स्वामी शुक्र पञ्चम पुण्य भावमा बसे भौतिक बस्तुप्रति भन्दा नाम कीर्तिको योग, यो बिष्णुलक्ष्मी योगले दर्शाउँछ। शुक्र र देव गुरु बृहस्पतिको नवम् पञ्चमको योग भयो, यस्तो मानिस धर्मप्रेमी, मर्यादाप्रेमी, देशप्रेमी, कला, साहित्य र संस्कृतिप्रेमी अनि आध्यात्मिक हुने भएको कारण सदैव सकारात्मक सोच्छ नकि नकारात्मक। यो एक प्रकारको करोडौं मानिसमध्ये एकमा घट्ने राजयोग हो।

ग्रहहरूका राजा वा आत्माका कारक सूर्य केन्द्रमा उच्चस्थ छन्, जो दशम भावका दिग्वली र केन्द्र बल दशमभावमा बसेका केतुलाई परेको छ जो राजयोगमा सुनमा सुगन्ध हो। यस्तो मानिस धनाढ्य कुलमा जन्मन्छ र निश्वार्थ सेवाको भाव राख्छ। पदलोलुप नहुँदाहुँदै पनि पद प्रप्त गर्दछ। द्वीतीयेष पञ्चममा बस्नाले सरस्वतीयोग निर्माण गरेको छ, बोलिमा पक्का र सदैव सरस्वतीको कृपा प्राप्ति हुने भएको कारण र चन्द्रमा उच्च भएर अनुसन्धान बिभागमा बसेकाले शोध गर्ने काममा धेरै ट्यालेन्ट हुन्छ र चन्द्रमाको द्वितीय भावमा स्क्वायर योग परेकाले योजनावध्द ढंगले कार्यगर्ने हुन्छ। हरेक योजना उनका सफल हुन्छन्। शनिले पञ्च महापुरुष योगको निर्माण गरेर एकसाथ केन्द्र त्रिकोण योग बनाएको कारण र अरु ग्रहहरूको बलमा लग्न नै बर्गोतम भएको कारण अनुशासित हुनाको कारण स्वास्थ राम्रो रहन्छ। लग्न नै बर्गोतम भएको कारण अरु सबै भाव बर्गोत्तम भए तसर्थ बडो मर्यादित र कुलीन हुन्छ र दयालु पनि। 

शुक्र पञ्चम भएकाले कवि गीतकार गायक समेत बनाएको छ उनलाई। शनि शिक्षा भावमा रहेको कारण र शुक्र विवेकमा अनि उच्च शिक्षा भावमा गुरु बस्नाले उनले इन्जिनियरीङ बिषय रोजाइ देशको बिग्रँदो परिवेश देखेर नै चयन गरेको। सूर्य लग्नकुण्डलीमा उच्च भएर चन्द्रमाको नवंशमा छन् तसर्थ उनी राजनीतितिर आकर्षित भएका देश सेवाकै भाव हो। षडबल चार्टमा दशम भावमा १२बल छ तसर्थ राज्य प्रप्तिमा कुनै बधा नै देखिन्न। षोडस बर्गमा शनिको अत्यधिक बल १२अंक छ र तुला लग्नको र वृष लग्नको कुण्डीमा शनि राजप्रदायक र शुभकारक मानिन्छन्।

शनि यी दुई राशी र लग्नमा मात्र केन्द्र त्रिकोण योग बनाउने एवं उनको राशीपति वृष भएकाले राशीबाट नवम दशमका मालिक शनि नै भए अतःशनि राज्य दिने, न्यायकारक भएको र जनप्रेमी भएको कारण उनी आगामी समयमका प्रधानमन्त्री हुन्। उनी सत्कार्य गर्न यो जगतमा यो फोर्थ डाइमेन्सनतिर उन्मुख समयको ढोका भित्र प्रवेश गरिसकेका छन्। यो कुण्डलीमा देवांश योग उपस्थित कुण्डली भएको कारण र हालका गोचरले पनि त्यस्तै चाहिरहेको देखिनाले उनी जनताको मतद्वारा प्रत्यक्ष चुनिने प्रधानमन्त्री बन्नेकुरामा दुई मत छैन।

विश्वास अविश्वासको कुरामा भर्खरै मात्र २०४८को चुनाव भएको र समाचारहरूमा चन्दलाई खेदे सूर्यबहादुर थापालाई ढुंगा मुढा भयो रे भनेर आइरहेको थियो। पिपलबोट नयाँ सडकमा हामी साहित्यकारहरू भेला हुन्थ्यौँ। मैले मित्र ललिजन रावल, गोविन्द गिरी प्रेरणा, रवि प्रान्जल, पुरुषोत्तम सुवेदी, विमल निभा सुवास सिटौला, बसन्तमान सिंह अधिकारी र अरु धेरैका अघि अब २०५३ बाट हेर्नुहोला चुनाव जितेर आएर लोकेन्द्र र सूर्यबहादुर पालैपालो प्रधानमन्त्री हुन्छन् भन्दा ज्योतिषका किताब नपढ्न र च्यातेर फाल्न भनेका थिए, यद्यपि पछि दुरुस्त मिल्यो। कतिजनाले त डायरीको पानामा सहि पनि गराएको स्मरण भैरहेछ।

(उदय निरौला कवि हुन् र भविष्यवक्ता पनि, उनले यसअघि पनि केही महत्वपूर्ण विषयमा गरेका भविष्यवाणी मिलेका छन् । यो उनको पछिल्लो घोषणा हो)


 


 

प्रतिक्रिया