दुर्गा प्रसाईं’ यो नाम अब गाउँघरका साधारण मानिसले समेत चिनेको नाम बनेको छ । झापाको बिर्तामोडमा सामान्य किसान परिवारमा जन्मेहुर्केका दुर्गा पशुपालनलाई आर्थिक उपार्जनको पेशा बनाउँदै अघि बढेका व्यक्ति थिए । कृषिपछि अरु विभिन्न पेशामा फड्को मार्दै कहिले काठमाडौं र फेरि बिर्तामोड गर्दैगर्दा उनी जीवनमा पढेको कठोर पाठले प्रेरित भएर मेडिकल व्यवसायमा संलग्न भएपछि चर्चामा आए ।

आफैं क्यान्सर रोगसँग संघर्ष गरेका दुर्गाले त्यही रोगको उपचार गर्न सुविधासम्पन्न अस्पताल पनि सञ्चालन गर्न सफल भए । बीएण्डसी अस्पताल त चलिसकेकै थियो ।

पछि अस्पतालमा शिक्षण संकाय पनि थप्न चाहँदा आईपरेका अवरोधहरु र सहयोग गरेका नेताले दिएको धोका र कैयौं हण्डरले दुर्गालाई विद्रोही बन्न वाध्य तुल्यायो । जब उनले ऋण तिर्न नसेपछि रुखमा झुण्डिन विवश युवायुवती र संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न वाध्य युवकको पीडा नजिकबाट पढ्न पाए । अनि अस्पताल सहितका सबै कारोबार पुत्र र परिवारका अरु सदस्यको हातमा सुम्पिएर विद्रोहको राँको बोकेर व्यवस्था नै बदल्ने भारी उदेश्य सहित अभियन्ताको रुपमा प्रकट भएका छन् । उनै दुर्गासँग जीवनमा उनले भोगेका अनेक घटना र अवरोध तथा सरकारी सन्यन्त्रको दुरुपयोग गर्दै देशमाथि नै अन्याय गरिरहेका केही मानिसहरुबारे उनको अनुभवबारे लामो सम्वाद गरेका छौं ।

दृश्य टिभीको सम्वाद श्रृंखलामा दुर्गा प्रसाईंसँगको लामो कुराकानीको पहिलो अंश यहाँ प्रस्तुत । अर्को अंश चाँडै आउने नै छ ।

 

 

प्रतिक्रिया