कांग्रेस महामन्त्री गगनको प्रमाण आफूसँग भएको रविको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने शंका व्यक्त गरेका छन् ।

आज मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै लामिछानेले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरे। समितिले तत्कालीन सञ्चालकको हैसियतले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ।

आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने शंका गर्दै लामिछानेले भने, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो रु भन्दै प्रश्न समेत गरे। उनले महामन्त्री थापाले प्रणाम छ भनेको सम्झँदै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे। 

पूर्व गृहमन्त्री लामिछानेले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ। गोरखा मिडियातिर जान्छ अब। सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग। सहकारी ठग भन्नेकुरा त लगभग सकियो। प्रमाण कस्तो हुन्छ भन्नेकुरा त आफ्नै केन्द्रिय नेताहरु बसेको भएर थाहा भइहाल्यो होला नि। कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि। म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुप¥यो नि। मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो। प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई।’

लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरुलाई ननाङ्गिन आग्रह गरे। उनले रास्वपा नसकिएको भन्दै अरुलाई भने रास्वपाले सक्काउने चेतावनी समेत दिए । (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया