भाद्र शुक्ल चतुर्दशीः इन्द्रजात्रा (तस्विरहरु)

काठमाडौँ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाईएको छ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो।

fb3d2e8d-70e4-4f05-80de-2fe65b3cb21e

788eef17-ec1e-45ce-ab25-73a041abc872

457f5b54-cd07-4613-9324-29b394791ec1

870ae229-5df6-4869-ad8f-17ce1226e433

e2b81a60-79b3-481b-9bc2-ad564816e8fd

57aa5514-bbfe-4f8b-8baa-11cdb42f7047

04b08743-380d-48a9-b511-c419955d55c2

प्रतिक्रिया