भारतकी शिल्पा गण्डकीबाट खेल्दै

काठमाडौँ। भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नेभएकि छिन्।

भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो। गण्डकीले उनलाई टिममा अनुबन्ध गरेको हो। शिल्पा भारतीय टिमकी भरपर्दाे खेलाडी हुन्। 

शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योगदान गरेकी छिन्। नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उनि महत्वपूर्ण सदस्य थिइन्। 

२२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकि छन्। गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो।

यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो। इडब्ल्यूभीयल असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ। 

प्रतिक्रिया