लेबनानमा पेजर वाकी टॉकी विस्फोट, हालसम्म ३२ जनाको मृत्यु

काठमाडौँ। लेबनानको राजधानी बेरुतलगायत धेरै सहरमा बुधबार लगातार दोस्रो दिन विस्फोट भएको छ। यसपटक विष्फोटका लागि वाकीटकी प्रयोग गरिएको थियो। कम्तिमा २० जनाको ज्यान गएको छ भने ४५० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्छ।

त्यसको एक दिनअघि १७ सेप्टेम्बरमा हजारौं पेजर विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए। यसरी लेबनानमा २ दिनमा ३२ जनाको ज्यान गएको छ।

लेबनानमा, इरान समर्थित संगठन हिजबुल्लाहका लडाकुहरूले एकअर्कासँग कुराकानी गर्न पेजर र वाकी-टकीहरू प्रयोग गर्छन्। हिजबुल्लाहले यी आक्रमणका लागि इजरायललाई दोष दिएको छ। अर्कोतर्फ संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार यस विषयमा आपतकालीन बैठक बोलाएको छ।

प्रतिक्रिया