संसदीय समिति: नयाँ प्रधानन्यायाधीशको सुनुवाई अघि सार्वजनिक उजुरी मागियो

काठमाडौं । संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाई सुरु गर्न सार्वजनिक उजुरी आव्हान गरेको छ । त्यसैगरी समितिले दुई देशका प्रस्तावित राजदूतहरुमाथि पनि सार्वजनिक उजुरी आह्वान गरेको छ ।

संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदमा सिफारिस प्रकाश मानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालउपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो । समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव राखेकी थिईन् । पस्ताव पारित भएसँगै सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिईएको छ ।
 
‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यमकामार्फत सार्वजनिक प्रस्ताव गरेको सभापति न्यौपानेले जानकारी दिईन् । 

सुनुवाईका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यमकामार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिने प्रावधान रहेको छ ।

यसअघि सुनुवाई भइसकेका प्रस्तावित राजदूतहरुको सम्बन्धमा निर्णय लिनका लागि समितिको बैठक जारी छ । (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया