पाकिस्तानमा भिडन्तमा परि ६ सैनिक र १२ आतङ्ककारीको मृत्यु

पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन्। 

आतङ्ककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए। गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आईएसपीआरले जनाएको छ। 

मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ।

प्रतिक्रिया