लेबनानका १६०० स्थानमा इजरायली आक्रमणः अहिलेसम्म ४९२ जनाको मृत्यु

बेरुत। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० लक्ष्यहरूलाई लक्षित गरी हवाई हमला गरेको थियो। १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ। 

लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ। जसमध्ये ५८ महिला र ३५ बालबालिका रहेका छन्। १ हजार ६ सय ४५ जना घाइते भएका छन्।

अल जजीराका अनुसार सन् २००६ मा इजरायल-लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। लेबनानमा बुधबार, सेप्टेम्बर २५ सम्म स्कूल र कलेजहरू बन्द गरिएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘उत्तरी तीर’ नाम दिएको छ। आइडीएफले दावी गरेको छ कि हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको छ जुन लगभग एक वर्षदेखि इजरायलमा प्रहार गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेर्रेसले लेबनान अर्को गाजा बन्न नचाहेको बताएका छन्। अर्कोतर्फ, लेबनानबाट जवाफी हमलाको आशंकामा इजरायलमा एक साता लामो संकटकाल लगाइएको छ। रक्षामन्त्री योभ गालान्टको आदेशमा, क्याबिनेट मन्त्रीहरूले आपतकालिनमा फोनबाट मतदान गरे।

प्रतिक्रिया