बाढीका कारण जलविद्युत आयोजनाहरु क्षतिग्रस्त

काठमाडौँ। पछिल्लो पटक दुई दिनदेखि लगातार परेको पानीले देशका विभिन्न जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ। 

वर्षाका कारण मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर हाउस पूणर्रुपमा डुबेको छ भने माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो भने पछिल्लो दुई दिनको भारी वर्षाका कारण पावर हाउस डुबानमा परेको छ। 

त्यस्तै, पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना (पाँचथर) पनि गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुन: निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षति भएको छ। 

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना(सोलुखुम्बु)को हेडवक्र्समा क्षति हुँदा उत्पादन बन्द भएको छ। 

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना(इलाम) पनि बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ। 

सगरमाथा जलविद्युत कम्पनीद्वारा नै प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना(इलाम) बाँध र प्रसारणलाइनमा क्षति भएको छ भने फेमे खोला जलविद्युत आयोजना १ मेगावाट(पाँचथर) बाँध र विद्युतगृह पूणर्रुपमा क्षति भएको छ। 

सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट(लमजुङ) को टेलरेस, इन्टेक र टनेलमा क्षति हुन् पुगेको छ।  सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट(लामुजुङ) को पहुँचमार्गमा क्षति र प्रोटेक्सन वालमा क्षति भएको छ। 

इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट(धादीङ) पहुँचमार्गमा ठूलो क्षति भएको छ। माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट(नुवाकोट) क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ। 

हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट(पाँचथर)को क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको र पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ। 

सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट(पाँचथर) को पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ भने 
 सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट(पाँचथर) को पहुँचमार्गमा क्षति पुगेको छ। 

लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट(कास्की) को पहुँचमार्गमा क्षति पुगेको छ। त्यस्तै, सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट(नुवाकोट) को २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको साथै बेलीब्रिज बगाएको र पावर हाउस स्काभेसन पुरिएको छ। 

प्रतिक्रिया