गोविन्दाको खुट्टामा लाग्यो गोली: आफ्नै रिभल्भरबाट गोली प्रहार

मुम्बई। बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेर घाइते भएका छन्। उनलाई आफ्नै पेस्तोलले गोली लागेको थियो। घटना मंगलबार बिहान करिब ४ः४५ बजे भएको हो। शल्यक्रियापछि उनको खुट्टाबाट गोली निकालिएको छ। अभिनेता अहिले खतरामुक्त छन्।

डीसीपी दीक्षित गेडामले घटना हुँदा गोविन्दा घरमा एक्लै रहेको बताए। उनले भने, “उनीसँग लाइसेन्स प्राप्त रिभल्भर छ। रिभल्भरले अकस्मात गोली चलाएको थियो, जुन उनको खुट्टामा लागेको थियो। यस विषयमा कुनै उजुरी परेको छैन। यस मामिलामा शंकास्पद केही छैन।”

उनका नजिकका स्रोतका अनुसार गोविन्दालाई रिभल्भर सफा गर्ने क्रममा गोली चल्दा गोली लागेको थियो। मुम्बई प्रहरीले घटनास्थल पुगेर उनको रिभल्भर जफत गरेको थियो।

प्रतिक्रिया