इरानद्वारा इजरायलमा १८० मिसाइल प्रहार

तेहरान। इरानले मंगलबार राति इजरायलमा १८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले मोसाद मुख्यालय, नेवाटिम एयर बेस र टेल नोफ एयर बेसलाई निशाना बनाएको बताएको छ। इरानका अधिकांश क्षेप्यास्त्र इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरेको थियो। आइडीएफका अनुसार आक्रमणमा कोही पनि गम्भीर घाइते भएका छैनन्।

आक्रमणपछि इरानका राष्ट्रपति मसुद पजाकियानले इजरायलको आक्रमणको जवाफ दिएको बताएका छन्। यो इरानको हित र नागरिकको रक्षा गर्न आवश्यक थियो। यदि इजरायलले बदला लियो भने हामी कडा जवाफ दिनेछौं। इजरायलका प्रधानमन्त्री नेतन्याहुले इरानले यस आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। आईडीएफले भने कि हामी इरानलाई छोड्ने छैनौं।

अर्कोतर्फ अमेरिकामा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन्। बाइडेनले अमेरिकी सेनालाई इरानको आक्रमणबाट इजरायललाई जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया