गत साताको भीषण वर्षा र बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको अवस्था । हजारौं मानिसहरुले नियमित यात्रा गर्ने यो राजमार्ग अवरुध्द भएपछि दशैंको मध्यसमयमा वैकल्पिक मार्गको प्रवन्ध हुनसकेको छैन । यसकारण हवाईमार्ग एकमात्र विकल्प हुनपुगेको छ तर झण्डै दोव्वरमा बढेको भाडा र अत्यधिक चापले धेरै परिवार चाडपर्वमा जन्मथलो जानबाट वञ्चित हुनुपरेको देखिन्छ । स्थानीय निकायहरु र सरकारले पनि विकल्प दिनसक्ने गरी आवश्वस्त तुल्याउन सकिरहेका छैनन् भने यातायात व्यवसायी यात्रीलाई विपदका बेला सुविधा दिनमा भन्दा पनि घुक्र्याउन खोजीरहेका देखिन्छन् । (न्यूज एजेन्सी नेपाल)
प्रतिक्रिया