किन स्थगित भयो धितो पत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता

 काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको तर उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये स‌ंक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

बोर्डको अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेकामा ती मध्येबाट ५ जनाको अन्तिम सूचि तयार गरिएको थियो । यिनैबाट नेतृत्व चयन गर्नेगरी आज अन्तर्वार्ता लिने कार्यतालिका थियो । तर सिफारिस समितिका संयोजन अस्वस्थ भएपछि अन्तर्वार्ता अनिश्चितकालका लागि सरेको छ ।

को को थिए उम्मेदवार

अन्तिम सूचिमा ५ जनाको नाम थियो, जसमा सन्तोष नारायण श्रेष्ठ (बोर्डकै कार्यकारी निर्देशक),  मुक्तिनाथ श्रेष्ठ (बोर्डकै कार्यकारी निर्देशक), डा. नवराज अधिकारी बोर्डकै कार्यकारी निर्देशक, कृष्ण बहादुर कार्की स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र चिरञ्जीवी चापागाईं थिए ।

बोर्डको अध्यक्षमा आफ्नो विश्वासपात्र नियुक्त गर्ने होडबाजीमा प्रमुख ठूला दलका शीर्ष नेताहरुबीच चर्को प्रतिष्पर्धा रहेको थियो । ठूलै आर्थिक चलखेल समेत भएको र सत्ता समीकरणको फेरबदलको एउटा कारण यो पनि रहेको भनेर नेताहरुले नै सार्वजनिक रुपमा टिकाटिप्पणी गरेका छन् ।

प्रतिक्रिया