काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।
उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन्।
मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे। उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताए।
उनले भने, “११ र १२ गते जुन भीाषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठूला विपत्ति व्यहोर्नुप¥यो। त्यसकारण सडक सञ्जालहरु अवरुद्ध भए। केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन। त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रुपमा चाप बढ्यो। चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने गर्दछ। जसले गर्दा प्लेनको टिकटहरु प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने। किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्कोतर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरुले आफ्नो गुनासो सुनाउने अवस्था छ। यस पटक विपत्ति र चाडवाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महशुस गरेका छौँ। हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौँ। अनुगमन भइरहेको छ। तर यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दशैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो। बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिनेगरी हामीले निर्णय गरेका छाँै । जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरुको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण ग¥यौँ। रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरुसँग छुट्टै छलफल ग¥यौँ। उहाँहरुलाई काम पनि बढी पाउनुभएको छ रात्रीकालीन सेवा भएपछि, त्यसकारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ। तोकिएको रेट भन्दा बाहिर जाँदैनौं भनेका छन्। तोकिएको रेट तिरेर र बिल काटेर जानेकुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो। सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनवद्धता दिनुभयो। यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ। फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ। फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ। नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी फ्लाइट गरिदिन आग्रह गरेका छौँ। बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ।”
मन्त्री पाण्डेले फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताए। यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरुसँग आग्रह गरेको बताए। (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया