काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह भूटानको पारिवारीक भ्रमण सकेर फर्किएका छन्।
तीनदिन अघि थिम्पु पुगेका शाहको उच्च तहको स्वागत भएको थियो । भूटानका राजा जिग्मे नामग्याल वाङचुकको परिवारका
वरिष्ठ सदस्यले पुत्रीहरु सहित थिम्पु पुगेका शाहको हार्दिक स्वागत गरेको तस्बिरहरु प्रकाशमा आएका थिए।
थिम्पुमा रहँदा नेपालको पूर्व राजपरिवारको न्यानो स्वागतसत्कार भएको भनेर सामाजीक सञ्जालमा प्रचार भएको छ। दार्जिलिंगको सेन्टजोसेफ नर्थ पोइन्ट कलेजका सहपाठी समेत रहेका पूर्व राजा शाह र भूटान नरेशले अँगालो मारेर विदाई भेट
गरेका थिए। पूर्व राजपरिवार आईतबार स्वदेश फर्किएको हो।
नेपालबाट राजसंस्थाको संवैधानिक तरिकाले विदाई भएपछि राजतन्त्र विद्यमान रहेको भूटान पुग्ने पूर्व राजा शाह पहिलो
राजपरिवार सदस्य हुन्।
जिग्मेद गेसर नामग्याल वाङछुग भुटान अधिराज्यका वर्तमान राजा हुन्। उनी त्यहाँका पाँचौ राजा हुन्। उनी भुटानका चौथा
राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन्। उनी ६ नोभेम्बर २००८मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन्।
प्रतिक्रिया