उपासना मिडिया गू्रपका अध्यक्ष टंक बहादुर श्रेष्ठले भीषण वर्षा र बाढीपहिरोले घरबारविहीन हुनपुगेका जनताको गास र बासको तत्काल प्रवन्ध हुनुपर्ने भन्दै तीनै तहका सरकारहरुले यसलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको शुभकामना सन्देश दिँदै अध्यक्ष श्रेष्ठले अन्न उब्जने खेतबारी नै गुमाएका किसान, उद्योगधन्दा र बन्दव्यापार हानी भएका व्यवसायी र बाढीबाट प्रभावित सुकुम्वासी परिवारको पुनस्थापना र भरपर्दो क्षतिपूर्तिको प्रवन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

ओम अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ समाजसेवी श्रेष्ठले दलहरुले जनताको सेवा गर्नमा भन्दा पनि आफ्नै स्वार्थ पूरा गर्नमा समय व्यतित गरेको भनेर आलोचना पनि गरेका छन् ।

प्रस्तुत छ श्रेष्ठको भिडियो सन्देश-

प्रतिक्रिया