प्रवन्ध सम्पादक कार्की नेफेज अध्यक्षमा निर्वाचित

NEFEJकाठमाडौं ।  नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा फोटो पत्रकार चन्द्रशेखर कार्की निर्वाचित भएका छन्।

कार्की उपासना मिडिया ग्रूपको अनलाईन न्यूजपोर्टल दृश्य टिभी डटकमका प्रवन्ध सम्पादक हुन्। 

नेफेजको गत शुक्रबार भएको ३९औँ साधारणसभामा कार्कीले ४५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत पाएकी थिईन्। 

समूहका उपाध्यक्षमा टीका बन्धन, महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा चुनिएका छन् । यम बम र रामप्रसाद भण्डारी सदस्यमा विजयी भएका छन्।


 

प्रतिक्रिया