वरिष्ठ समाजसेवी कृष्णभक्त भोयद्योको निधन

काठमाडौं। उपासना मिडिया ग्रूप तथा दृश्य टिभी मल्टिमिडिया न्यूजपोर्टलका संस्थापक रोसन भोयद्योका पितामह (हजुरबुवा) वरिष्ठ समाजसेवी कृष्णभक्त भोयद्योको निधन भएको छ। 

भक्तपुरको सूर्यविनायक क्षेत्रका अभिभावक सरह सम्मानित भोयद्योको यही असोज १६ गते ९२ वर्षको उमेरमा निधन भएको हो।

cc2c3deb-63ce-48ea-bcd3-632555851a7d

उनी बिसं १९८९ भदौ १ गते जन्मिएका थिए। उनी सूर्यविनायक मुर्दा गुठीका अध्यक्ष पदमा रहेर समाजमा क्रियाशील थिए। 

यस शोकको घडिमा उपासना मिडिया ग्रूपका अध्यक्ष टंक बहादुर श्रेष्ठले दिवंगत कृष्णभक्तप्रति श्रध्दाञ्जलि अर्पण गर्दै सदस्य रोशन भोयद्यो सहित शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

प्रतिक्रिया