सिन्धुलीको बाढी प्रभावित क्षेत्रमा तीन मन्त्री

सिन्धुली। सङ्घीय सरकारका तीन मन्त्रीले आज सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्था स्थलगत अध्ययन गरेका छन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईले स्थानीय प्रशासन, सुरक्षा र उध्दारकार्यमा क्रियाशील सबै निकायसँग प्रभावित क्षेत्रको जानकारी लिएका छन्।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे। रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ। मन्त्रीहरुले कामको निरीक्षणसमेत गरे।

अहिले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल गरेका छन्।

प्रतिक्रिया