काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न तयार हुने शाहवंशीय परम्पराअनुसार आफूले नारायणहीटी दरबार छाडेको दुई दशक पूरा नहुँदै स्वदेशमै हर्षका साथ रहने नेपालीको आकांक्षा पूरा नहुँदा आफ्नो बेचैनी बढाएको बताएका छन्।
नेपालीहरूलाई रमाउनका लागि दशैं नै पर्खनुपर्ने नियती देखिएको भन्दै दुःख व्यक्त गरेका पूर्व राजा शाहले विजय दशमीका अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेबसेका सबै नेपालीहरूमा उल्लास र उमंगको यो सामाजिक पर्व उत्सवमय होस् भन्ने कामना पनि गरेका छन्।
'खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना पूरा हुन नसक्दा दुःख लाग्नु स्वाभाविक भएको' बताउँदै नेपाल अत्यन्तै असहज अवस्थामा भएको भनेर चिन्ता प्रकट गरेका छन् । उनले बाह्रय शक्तिराष्ट्रहरूको दवाव र दुष्प्रभाव नपरी नेपालीहरू दशैंमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सिर्जना होस् भनी कामना गरेका छन्।
पूर्व राजा शाहले सन्देशमा एक्काइसौँ शताब्दीको पहिलो दशकदेखि नै क्षेत्रीय एवम् अन्तर्राष्ट्रय तनाव झन् गहिरो हुँदै गएको छ । यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन भन्दै राष्ट्र राष्ट्रहरुकोवीच विश्वासको संकट चुलिँदै भएको परिदृष्य प्रष्ट रहेको भन्दै पछिल्लो समय विकसित भूराजनैतिक अवस्थाको कारण हाम्रो देश किमार्थ अक्षुतो रहन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका छन्।
त्यसैगरि पूर्व राजा शाहले महाशक्तिवीचको तनाव र स्वयं घोषित नवशक्तिहरुको अहंताले सिर्जना गरेको संकटको घडिमा विश्वभर नेपाल शान्त राष्ट्रको रुपमा परिचत होस् भन्ने कामना समेत गरेका छन्।
यस्तो छ शुभकामना सन्देशको पूर्ण विवरण:
प्रतिक्रिया