काठमाडौं । इजरायल र लेवनानबीच चलिरहेको सशस्त्र संघर्षको असर परिरहेको भएपनि शान्ति मिसनमा कार्यरत त्यहाँ रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताएका हुन् । उनले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको बताए ।
प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।
“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भने ।
हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।
प्रतिक्रिया