काठमाडौँ। अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन्।
दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिवन्धहरू पछि आर्थिक पतन लगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पु¥याएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चार मध्ये एक जना भोकमरीको सामना गरिरहेका छन्।
अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण आवश्यकतामा जोड दिए। विश्व बैंकको दस्तावेज अनुसार अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया