हिलभ्यू हाउजिङ्ग परिवारले उठाए बाढी पीडितका समस्या

काठमाडौं । हिलभ्यू हाउजिङ्गले हालैको बाढी पहिरो तथा डुवानको समस्याबाट महालक्ष्मी नगरपालिका वडा नं.२ बालकुमारी हाउजिङ्गमा बसोवास गरिरहेका ७२ घरपरिवार नराम्ररी प्रभावित हुन पुगेकोमा चिन्ता जनाएको छ । 

हिलभ्यू हाउजिङ्गले त्यहाँ बसोबास गरिरहेका बालबच्चा बुढाबुढी समेत गरी करिव ४०० पूर्णरुपमा बाढीको चपेटामा परेको जनाएको छ । साथै हाउजिङ्गको सबै घरहरुको भुँइ तलामा बाढी पसी सम्पूर्ण सरसमान लत्ताकपडा लगायत गाडी, मोटरसाइकल, स्कुटर, घरायसी सरसानहरु पूर्ण रुपमा क्षति पु¥याई करिब २० करोड बराबरको क्षति भएको पनि उल्लेख गरेको छ ।

यस्तो विपदबाट प्रभावित परिवारको हालखबर बुझ् स्थानीय प्रहरी प्रभागले मात्र सहयोग गरेको तर सरकारका कुनै पनि निकाय स्थलगत निरीक्षणमा नआएको भन्दै चिन्ता प्रकट गरेको छ ।

त्यस क्षेत्रका समस्या हटाएर जनजीवन सामान्य बनाउन हिलभ्यू हाउजिङ्गले सरकारलाई विभिन्न सुझाव दिँदै तत्काल यसको कार्यान्वयनको समेत माग गरेको छ ।

यस्ता छन् सुझाव र माग

. यस हाउजिङ्गले इमान्दार साथ कर्मनाशा खोलाको पूर्वतर्फको कोरिडोरको भाग खालि गरी सडक निर्माण गर्न सहयोग गरेकोमा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिका तर्फ करिडोर खालि नगरेकोले खोलाको सबै बाहाव यस हाउजिङ्गतर्फ मात्र मोडिएको हुँदा अत्यधिक क्षति व्यहोर्नु परेको । त्यसैले कर्मनाशा खोलाको पूर्वतर्फ अर्थात् महालक्ष्मी नगर पालिकातर्फ करिडोर तथा कच्चि सडक निर्माण भइसकेकोमा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तुरुन्त करिडोर खाली गर्नु पर्ने र सडक खोल्नु पर्ने माग रहेको । सरकारी निकायहरुको समन्वयको अभावमा साधारण नागरिकले व्यहोर्नु परेको नोक्सानको जिम्मेवारी कस्ले लिने प्रश्न समेत रहेको ।

. यस क्षेत्रको भौगोलिक बनावट र जोखिमको तुरुन्त अध्ययन गरी यस क्षेत्रको कुन कुन स्थानमा कति जोखिम छ भन्ने सूचना सार्वजनिक गर्नुका साथै मनोहरामा मिसिने कर्मनाशा खोला सिधै गएर टी आकारमा साँघुरो गरी मिसिने गरेकोमा सो खोलाको मिलन विन्दुको आकार फराकिलो बनाइ वाई आकारमा मिसिने व्यवस्था गर्नको लागि सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिनुपर्ने ।

. यस्तो विपद व्यवस्थापनको लागि दीर्घकालीन उपाय खोजिगरी यसको समाधान गर्नुपर्ने ।

. बाढीको कारण क्षति भएका सवारी साधन मर्मतमा आधिकारिक सर्भिस सेन्टरहरुले मनलाग्दी रुपमा अत्यधिक रकमको बिल बनाई रकम माग गरिरहेकाले गरेकोले उक्त कार्यको छानविन समिति बनाई कारवाही गर्नुपर्ने ।

५. साथै, यस क्षेत्रका सबैजसो सवारी साधानहरु बाढीको कारण क्षति भएकोमा सवारी साधनहरुको मर्मत अवधिभर हरियो स्टिकरमा लग्ने जरिवाना छुट गर्नुपर्ने तथा बाढीबाट हराएका तथा नस्ट भएका कागजात बनाउन सहजिकरण गर्नु पर्ने ।

६. हालको च्यासल स्थित नेकपा एमाले पार्टी कार्यालय नजीक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिंगरोडमा रहेको पुल सरह वैज्ञानिक तवरले अग्लो बनाउनु पर्ने ।

८. कर्मनाशा, मनोहरा तथा बागमती खोलाहरुमा फोहोर मैला तथा बालुवा भरिएको जस्ता कारणहरुले खोलाको गहिराई कम हुँदै गइरहेकोले सोको नियमित सफा गरी नदीहरुको वास्तविक गहिराइ कायम गर्नु पर्ने । साथै, खोला बग्ने स्थानमा पार्क र कोरिडोर निर्माण भएकाले उक्त स्थानमा खोलाको चौडाई बढाउने तथा चौडाइमा एकरुपता कायम गर्नु पर्ने जस्ता मागहरु हिलभ्यू हाउजिङ्गले सरकारसँग राखेको छ ।
 

प्रतिक्रिया