चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को क्वुनझाई प्रान्तिय कमिटीको प्रतिनिधि  मण्डल भोलि शनिबार काठमाडौं आउन लागेको छ ।

सिपीसीको हालै सम्पन्न केन्द्रीय कमिटीको केही नयाँ निर्णयबारे जानकारी गराउन प्रतिनिधि मण्डलले भ्रमणको सदुपयोग गर्ने बताईएको छ ।

आईतबार स्थानीय सम्वाददाताहरुसँग प्रतिनिधि मण्डलले  चीनको आधुनिकीकरण र अन्तर  हिमालय सहयोगबारे  चर्चा गर्ने भएको छ । 

चीनका विभिन्न तहका नेता, कुटनीतिज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुले नेपाल भ्रमण जारी राखेका बेला पार्टी प्रतिनिधित्व गर्दै यो प्रतिनिधि मण्डल आउन लागेको बुझिएको छ ।

प्रतिक्रिया